|

अर्घाखाँची : अर्घाखाँचीमा १७ वर्षीया युवतीलाई जवरजस्ती करणी पश्चात कुटपिट गरेर फरार भएका एक युवकलाई प्रहरीले १२ घण्टापछि पक्राउ गरेको छ।

सन्धिखर्क–७ लामडाँडाका २२ वर्षीय रमेश नेपालीलाई प्रहरीले १२ घण्टा पछि पक्राउ गरेको हो। असार १९ गते राति सन्धिखर्क–७ उपल्लो फुदवाङस्थित झाडीमा टाउकोमा चोटसहित अचेत अवस्थामा १७ वर्षीय एक युवतीलाई प्रहरीले फेला पारेको थियो।

युवतीलाई  तत्काल उद्धार गरी जिल्ला अस्पतालमा उपचारको लागि लगिएको थियो। अनुसन्धानका क्रममा युवती होसमा आएपछि सोधपुछ गर्दा रमेशले जवरजस्ती करणी पछि कुटपिट गरेर भागेको बताएकी थिइन्।

रमेशलाई जंगलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेलापारेक‍ो थियो। उनीविरुद्ध करणी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि जिल्ला अदालतबाट दिन पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.