|

चितवन : राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु चोटपटकबाट नभएको पोष्टमार्टम रिपोर्ट आएको छ। 

भण्डारीको मृत्यु चोटपटकका कारण नभएको शवको पोष्टमार्टम गरेका डा. गोपाल चौधरीले बताए। भण्डारीको शवको पोष्टमार्टम काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको हो ।

मृत्युको कारण चोटपटकबाट नभएको देखिएपछि अन्य कारण थाहा पाउन शवको भिसेरा परीक्षण गरिने छ । 

भिसेरा परीक्षणका लागि नमुना लिएर मंगलबार नै प्रहरीलाई बुझाइएको शवको पोष्टमार्टम गरेका डा. चौधरीले बताए । असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी भण्डारीको शव असार २० गते स्थानीय जंगलमा फेला परेको थियो।

अपहरणकारीले उनको  हत्या गरेको आशंकामा स्थानीयहरुले शव फेला परेको दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।

पूर्वीचितवन तनावग्रस्त

पूर्वी चितवनमा भण्डारीको गृह नगरका स्थानीयहरुले टायर बालेर प्रदर्शन गरेका छन्। भण्डारीको ‘विष सेवनबाट मृत्यु भएको’ भन्ने पोष्टमार्टम रिपोर्ट आएको भनि हल्ला चलेपछि स्थानीयले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शन रोक्न प्रहरीले सयभन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ। स्थानीय र प्रहरीबीच झडप हुँदा दुवै तर्फका तीन÷तीन जना घाइते भएका छन् । 
प्रदर्शन रोक्न जनपथ र शसस्त्र गरी ५ सय बढी प्रहरी परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.