|

काठमाडौं : उद्योग वाणिज्य महास‌ंघमा आगामी कार्यकालका लागि  एक उपाध्यक्षसहित चार केन्द्रिय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्। आगामी नेतृत्वको लागि आइतबार र सोमबार गरिएको मनोनयन दर्तामा एशोसियट उपाध्यक्ष र तीन केन्द्रिय सदस्यमा आवश्यक मात्रै उम्मेदवारी दर्ता भयो। 

एशोशियट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै द्धिदेशीय केन्द्रीय सदस्यमा अजय मुढवारी, संस्थापक उद्योग वाणिज्य संघको तर्फबाट अभिनाष बोहोरा र तीन नम्बर प्रदेश सदस्यबाट कमल कुमार श्रेष्ठ र ५ नम्बर प्रदेशबाट भीम थापा निर्विरोध बनेका छन्। 

महासंघको ५१ औ साधरण सभाबाट चार वर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ। चैत २८ र २९ गते महासंघको साधरण सभा तोकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.