६३ पदमा ११४ को दाबी

|

काठमाडौं: उद्योगी तथा व्यावसायीहरुको प्रतिनीधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा बस्न उद्योगीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। २८ र २९  चैतको साधरणसभाले स्वत: अध्यक्ष बाहेकका पदमा ६३ जनाको कार्यसमिति छनोट गर्नुपर्नेमा आकांक्षीहरु भने दोब्बर देखिएका छन्।

आवश्यकताभन्दा बढी आकांक्षी देखिएपछि निर्वाचनमार्फत साधरणसभाले नयाँ कार्यसमिति छनोट गर्दै छ। आवश्यकताभन्दा बढी उम्मेदवार देखिँदा मतदान गरेर नेतृत्व छनोट गर्ने बाध्यता मतदातामा परे तापनि महासंघको सचिवालयलाई भने निकै फाइदा पुगेको छ। कार्यसमितिमा बस्न चाहनेहरुबाट नेपाल उद्योग वाणिज्यमहासंघ निर्वाचन समितिले ६८ लाख रुपैयाँ संकलन गरेको छ।

कुन पदका लागि कति दस्तुर ?

कुनै पनि निर्वाचनमा भाग लिनको लागि केही दस्तुर उपलव्ध गराउनुपर्ने हुन्छ। पैसावाला तथा सम्पन्नहरुको संस्थाको रुपमा चिनिने नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी तथा कार्यसमितिमा दाबी गर्न तथा उम्मेदवार बनी निर्वाचनमा भाग लिन कति दस्तुर तिर्नु र्ला? नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्षको उम्मेदवार, उपाध्यक्षको उम्मेदवार र कार्यसमिति सदस्यका उम्मेदवारलाई गरी तीन किसिमको दस्तुर उठाएको छ। कुन पदका लागि कति छ दस्तुर ? हेर्नुहोस् विस्तृतमा।

पद

रकम

वरिष्ठ उपाध्यक्ष

३००००० मात्र

उपाध्यक्ष

१५०००० मात्र

सदस्य

५०००० मात्र

कहाँ कति प्रतिस्पर्धा, को को छन् उम्मेदवार?

नेपाल उद्योग वाणिज्य महासंघमा चार  क्षेत्र पहिचान गरी उम्मेदवार तय गरेको छ। जम्मा कार्यसमिति अध्यक्षबाहेक ६३ जनाको लागि निर्वाचनमार्फत हुनेमा १ सय १४ जनाको उम्मेदवारी परेको छ।पदाधिकारीमा भने तीन क्षेत्रबाट उपस्थिति गराइएको छ। जसअनुसार वरिष्ठ उपाध्यक्ष साझा हुनेछ भने जिल्लानगर, एसोसियट र वस्तुगत गरी तीन जना उपाध्यक्ष छनोट गर्नुपर्ने हुन्छ।  

पद

आवश्‍यक संख्या

उम्मेदवारको संख्या र नाम

वरिष्ठ उपाध्यक्ष

शेखर गोल्छा र किशोर कुमार प्रधान

उपाध्यक्ष जिल्ला नगर

दिनेश श्रेष्ठ र प्रमोद श्रेष्ठ

उपाध्यक्ष एसोसिएट

चन्द्र ढकाल

वस्तुगत उपाध्यक्ष

उमेशलाल श्रेष्ठ, शकरकुमार पाण्डे र अनुपबहादुर मल्ल

कार्यसमिति सदस्यहरुमा ६ क्षेत्रबाट उम्मेदवारी छनोट गरिने प्रावधान महासंघमा छ। जसअनुसार यसै कार्यसमितिमा सहभागिता गराइन्छ।

पद

आवश्‍यक संख्या

उम्मेदवारको संख्या र नाम

जिल्ला/नगर सदस्य

१८

उम्मेदवार १९ जना क्रमश: सुदर्शन कार्की, कृष्णप्रसाद श्रेष्ठ,दीपक लम्साल,राजन श्रेष्ठ, चन्द्रकान्त अधिकारी, सुरकृष्ण श्रेष्ठ, राजकुमार न्यौपाने, मनीषलाल प्रधान रहेका छन्। त्यस्तै, कृष्णप्रसाद शर्मा, दिलसुन्दर श्रेष्ठ, निरक के.सी., राजेन्द्र कुमार श्रेष्ठ, देवकुमार श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, किशोर कुमार आचार्य, ध्रुवराज श्रेष्ठ (भारी),

 उमेश डालमिया, सुरेन्द्रप्रसाद श्रेष्ठ, भुवनलाल श्रेष्ठ, कल्पना गैरे, निर्मल कुमार चौधरी,गजेन्द्र कुमार भगत,लोक विक्रम थापा,मनोज कुमार मुन्धडा, कल्याण जोशी, सुशीला सापकोटा, दीपेन्द्र कुमार खत्री, पशुपति बहादुर खड्का र नरवीर रावत रहेका छन्।  

 एसोसिएट सदस्य

१९

३१ जनाको उम्मेदवारी क्रमश प्रबलजंग पाण्डे,अनील कुमार,मनीष कुमार अग्रवाल,भरत राज आचार्य,कृष्ण प्रसाद दुलाल, शाहिल अग्रवाल,रामचन्द्र संघई, रामकृष्ण प्रसाईं,भेषराज अर्याल,प्रकाश गिरी,गोपाल खनाल, ज्योत्सना श्रेष्ठ,ज्ञानेन्द्रलाल प्रधान,ओमबहादुर राजभण्डारी, राजेश कुमार अग्रवाल,बासुदेव प्रसाद गौतम,शंकर श्रेष्ठ,शक्ति कुमार बेगानी,अशोक कुमार टेमानी,सौरभ ज्योति,राम शरण थपलिया,रञ्जितराज आचार्य, सुनील नारायण श्रेष्ठ,आनन्द कुमार अग्रवाल,सि.ए. नारायण,विजयसिंह वैद्य,उदीप श्रेष्ठ, अशोक कुमार,मंगेशलाल श्रेष्ठ,शिशिर कुमार भट्ट,अखिल कुमार चापागाईं उम्मेदवार छन्।

वस्तुगत सदस्य

१४

२७ जनाको उम्मेदवारी क्रमश:  हेमराज ढकाल, आकाश अधिकारी, शिव प्रसाद घिमिरे,लोकनाथ गैरे,जय प्रसाद सिवाकोटी,सन्दीप कुमार अग्रवाल, विनोद ढकाल सुनील गोपाल श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, हेमरत्न शाक्य, खेमराज पन्त, रवीन कुमार श्रेष्ठ, अञ्जन श्रेष्ठ, प्रकाश सिंह कार्की, चण्डिप्रसाद अर्याल, नरेशलाल श्रेष्ठ, हेमराज बडाल,सुरज बज्राचार्य, भक्त बहादुर हमाल, डा. तिलचन्द्र भट्टराई,हंसराज वाग्ले, गोविन्द घिमिरे, सन्तोष श्रेष्ठ, तुलसीराज गिरी,शुकुन्तलाल हिराचन र दीपक बहादुर शाही उम्मेदवार छन्।

प्रदेश सदस्य

१४ जनाको उम्मेदवारी प्रदेश एकबाट रोहितप्रसाद प्रर्साई, लाल चन्द गोंगुवा तामाङ् र मित्र प्रसाद काफ्ले, प्रदेश दुईबाट गणेशप्रसाद लाठ र विजय कुमार शाह, प्रदेश तीनबाट कमल कुमार श्रेष्ठ, प्रदेश चारबाट बाबुराम गिरी र निर्माण कुमार श्रेष्ठ, प्रदेश पाँचबाट भीमबहादुर थापा क्षेत्री, प्रदेश ६ बाट लंकमान रोका र शान्ति प्रसाद शर्मा र प्रदेशबा सातबाट डम्बर बहादुर भण्डारी, प्रकाशबहादुर साउद,माधवप्रसाद भट्ट र  देव बहादुर रोकायाले उम्मेदवारी दिएका छन्।  

संस्थापक सदस्य

अबिनाश बोहोरा

द्विराष्ट्रिय उवासंघ

अजय मुडभरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.