|

अर्घाखाँची : जिल्ला अदालत अर्घाखाँची लुम्बिनी प्रदेशको उत्कृष्ट अदालत बनेको छ। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्स्यौट गरेकाले उत्कृष्ट घोषणा गरिएको हो।

अदालतले ७० दशमलब ९३ प्रतिशत मुद्दा फर्स्यौट न्यायाधीश वासुदेव न्यौपानेले जानकारी दिए।  आर्थिक वर्ष २०७६/७७ मा बाँकी रहेका १४९ वटा मुद्दा  र २०७७/०७८ का २८० वटा मुद्दा गरी ४३० वटा मुद्दामध्ये ३०५ वटा मुद्दा फर्स्यौट भएको अदालतका श्रेस्तदार महेश खनालले जानकारी दिए।

अर्घाखाँचीपछि प्युठान जिल्ला अदालतले ७० दशमलब ३२ प्रतिशत र त्यसपछि उच्च अदालत तुलसीपुरले ६६ दशमलब ४१ प्रतिशत मुद्दा फर्स्यौट गरेका छन्। 

अर्घाखाँची अदालतले गत आर्थिक वर्षमा ३०० वटा मुद्दा फर्स्यौट गर्ने लक्ष्य राखेकामा ३०५ वटा अर्थात् लक्ष्यको तुलनामा १०१ दशमलब ६६ प्रतिशत फर्स्यौट गरेको हो।

अदालतमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा छन्। आर्थिक वर्ष २०७६/७७ का ५२ र गत आर्थिक वर्षका १२३ गरी १७५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए। जसमध्ये १४२ वटा सम्बन्धबिच्छेदका मुद्दा फर्स्यौट भएका छन्। अदालतमा रहेका सम्पूर्ण मुद्दामध्ये करिब ४१ प्रतिशत सम्बन्धविच्छेदका छन्। 

अघिल्लो तीन आर्थिक वर्षको मुद्दाको स्थितिलाई तुलना गर्दा गत आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा परेको र फर्स्यौट पनि बढी नै भएका छन्। २०७५/७६ मा ३८८ मुद्दामध्ये २६१ वटा फर्स्यौट भएका थिए। त्यस्तै‚ २०७६/७७ मा ३४३ थान मुद्दामध्ये १९४ वटा फर्स्यौट भएका थिए।  २०७७/७८ मा ४३० मुद्दामध्ये ३०५ वटा फर्स्यौट भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.