|

वर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथ यात्रा आज तीनधारा पाठशालाबाट सुरु भएको छ। तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा रत्नपार्क, भोटाहिटी हुँदै असन पुयाइयो। आज रथलाई असनमै राखिनेछ भने भोली हनुमानढोका पुर्‍याइनेछ। त्यसपछि यो रथलाई बिहीबार लगन पुर‍्‍याउने कार्यक्रम छ।

सांस्कृतिक बाजागाजासहित गुर्जुको पल्टनले सम्मान दिएपछि रथयात्रा सुरु भएको हो। मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’का रुपमा आस्था प्रकट गर्दछन्। 

फोटोमा हेर्नुस रथयात्रा :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.