|

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता महन्त ठाकुरले मधेशको समस्या हल गर्नका लागि अहिलेका सवै शिर्षनेताहरु असफल भइसकेको बताएका छन्।

जनकपुरधाममा आज आयोजित जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ठाकुरले उपेन्द्र यादव फेरि भुलभुलैयामा परेर पार्टी कमजोर गर्नतर्फ लागेको आरोपसमेत लगाए।

उनले एकताका बेला राजपा र सपाबीच आधा-आधा भागबण्डा हुने सम्झौता भए पनि यादवले जालझेल गरी पार्टी एकलौटी रुपमा चलाउन चाहेको बताए। उनले मधेसको मुद्दामा केपी शर्मा ओली, बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर देउवासहितका सवै नेताहरु गम्भीर नरहेको बताए।

त्यसैगरी जसपाका अर्का नेता राजेन्द्र महतोले उपेन्द्र यादवको कारण पुनः मधेशको एकता कमजोर भएको बताउदै जनताले फेरि त्यसलाई असफल गर्ने बताए। त्यस्तै नेता सरदसिंह भण्डारीले उपेन्द्र यादवको चेहरा देखेर पार्टी एक नभएको बताउदै उनले मधेशी जनताको भावनालाई बुझेर पार्टी एकिरण भएको बताए।

उनले भने, ‘फुट डालो और राज करो जस्तो षडयन्त्रलाई असफल पार्न पार्टी एकता भएको बताउदै उपेन्द्र यादवले त्यसको गलत फाइदा उठाउन खोजेको आरोप लगाए। कार्यक्रममा नेता उमाशंकर अरगरिया, परमेश्वर साह, सुरिता साह, जयनुल राइन सहितको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.