|

काठमाडौं : मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ। 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आज विहान आईपीओ बाँडफाँट भएको हो। सर्वसाधारणका लागि छुट्याइएको शेयर ६८ हजार ४ सय ६८ जनाले गोलाप्रथाबाट १०–१० कित्ताका दरले पाएका छन्। त्यसैगरी ६ जनाले भने ११–११ कित्ता शेयर पाएका छन् । करीब २० लाखको हात खाली भएको हो ।   

कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९ सय २५ जना आवेदनले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए। 

कूल निष्काशन मध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.