|

काठमाडौं : नेपाली कांग्रेसले शनिबार थप ५ वटा जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ।

१४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न गरेका थप ५ जिल्लाहरुका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

शनिबार प्रकाशित गरिएका जिल्लाहरुमा नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची छन्। कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम पार्टीको वेबसाइटमा प्रकाशित गरिएको हो। साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको यादवले जानकारी दिए।

योसँगै क्रियाशील सदस्यको नामावली प्रकाशित हुने जिल्लाको संख्या ५३ पुगेको छ। यसअघि बिहीबार र शुक्रबार गरी ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएको थियो। 

 

 


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.