|

बुटवल : ज्योतिनगरका बाढी-पहिरो प्रभावित  ३६ घर-परिवारलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ।

आइतबार बिहान ६ बजे अचानक चुरेबाट खसेको पहिरो नरोकिएपछि थप घर जोखिममा परेपछि उनीहरूलाई बुटवल-४ मा रहेको कान्ति उच्च मावि र बुटवल बहुमुखी क्याम्पसमा सारिएको हो।

सोमबार बिहान पनि फेरि खसेको पहिरोले  ३६ घर पूर्ण प्रभावित भएको बुटवल उपमहानगरपालिकाका वातावरण तथा अनुगमन महाशाखा प्रमुख योगेश चापागाईले बताए। ‘हिजो भन्दा आज आएको लेदोसितको पहिरोले थप क्षति गर्ने देखिएको छ, हामी बाढीग्रस्त क्षेत्रमै छौँ’ उनले भने।

हिजो केही सामान आफन्त र छिमेकीकोका सुरक्षित गरेर राखेका प्रभावित परवारले आजबाट केही मौसममा सुधारहोला भन्ने अपेक्षा गरेका थिए। ‘पानी रोकिएन,त्यसैले प्रभावितलाई बुटवल ४ मा रहेको कान्ति उच्च मावि र बुटवल बहुमुखी क्याम्पसमा सार्ने तयारी गर्दैछौँ’ चापागाईंले भने।

बाढी प्रभावितलाई सुरक्षाकर्मी र जनप्रतिनिधि र स्थानीयको सहयोगमा सो स्थानमा सार्ने काम भइरहेको उनले बताए। समाचार तयारपार्दा सम्म (दिउँसो १बजे ) मानवीय क्षति हुन नपाएको चापागाईले जानकारी दिए। ‘जोखिम बढ्दो छ, मौसममा सुधार नहुँदासम्म यसै भन्ने अवस्था छैन’ उनले भने।

​यसैबीच बुटवल ११ बुद्धनगरमा पनि तिनाउले थप बस्ती कटान गरेको छ। अहिलेसम्म ५३ घर परिवारले स्थानिय विद्यालयमा आश्रय लिएका छन्। थप जोखिम हुन सक्ने बस्तीलाई सुरक्षित स्थानमा सार्नेकाम भइरहेको ११ का वडा सदस्य नहकुल शाहीले जानकारी दिए। बुटवलको शिरमा रहेको चुरेबाट खसेको लेदोसहितको पहिरो  तिनाउ तटिय क्षेत्रमा कटान सुरु भएपछि स्थानियमा त्रास बढेको छ।

लेदोसहितको भल बुटवल बहुमुखी क्याम्पस अगाडीको मुख्य सडकहुदै नयाँ बसपार्क नजिकै भुड्कीचोकसम्म आइपुगेको स्थानीयले बताएका छन् ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.