काठमाडौं : अभिनेत्री प्रियंका कार्कीले बुधबार छोरीलाई जन्म दिएकी छन्। जन्मिनुअघि नै आयुष्मान र प्रियंकाले आफ्नो सन्तानको नाम तय गरिसकेका थिए।
बाबुआमा र छोरीको पहिलो फोटो सार्वजनिक गर्दै उनीहरूले छोरीकाे नाम पनि सार्वजनिक गरे, आयांका। अब छोरीको नाममा इष्ट्राग्राम अकाउन्ट पनि खोलिदिएका छन्।
बुधबार नै खोलिएको इष्ट्राग्राम अकाउन्टमा आयांकाको १५ हजारभन्दा बढी फलोअर भइसकेका छन्। आयांका तयार नहुँञ्जेल उक्त अकाउन्टलाई प्रियंका र आयुष्मानले नै चलाउने छन्।
पहिलो पोस्टमा संसारलाई हेल्लो भन्दै आयांकाको खुट्टाको तस्वीर राखिएको छ। साथै आयांकाको सुन्दर यात्राको साक्षी हुनको लागि उक्त अकान्ट फलो गर्न पनि आग्रह गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।