|

राजविराज : सप्तरी राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ। 

धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिए। उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ। 

शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ। नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.