|
पार्टी प्रवेश गरेकाहरूसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता। तस्वीर : हेमन्त न्यौपाने

डोल्पा : उपल्लो डोल्पाको डोल्पो-बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङ्गसहित ३ जना वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य शक्ति बस्नेत,अर्थमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्या पहाडीले जनप्रतिनिधिसहित २५ जनाभन्दा बढीलाई पार्टीमा स्वागत गरेका थिए।

माओवादीमा प्रवेश गर्ने वडाध्यक्षमा वडा नं १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नं २ का अध्यक्ष छोईक्याप भोटे, वडा नं ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ छन्।

जनप्रतिनिधिसँगै धेरै स्थानीय युवा पनि माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ।

प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू सेनाको हेलिकप्टरमा उपल्लो डोल्पा पुगेका थिए।

पार्टी प्रवेश गरेका जनप्रतिनिधिले ६ बुँदे मागपत्रसमेत केन्द्रीय नेतासमक्ष पेश गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.