|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालले शिक्षा, स्वास्थ्य र रोजगारमा प्रगति गर्दै गएको बताएका छन्। 

नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा मन्त्री पौडेलले

देशमा बन्दै गएको अनुकूल वातावरणले गर्दा विदेशमा रहेका नेपालीहरू पनि क्रमशः स्वदेशमै फिर्ता हुने र केही आफ्नै देशमा केही पेसा व्‍यवसाय गर्ने क्रम बढ्दै गएको उनले दाबी गरे।

‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ,’ उनले भने, ‘ क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ।’

मन्त्री पौडेलले आफ्नो देश आफैँले बनाउनुपर्ने भन्दै सबैलाई जिम्मेबार बन्‍न र सक्रिय भएर लाग्नसमेत अनुरोध गरे।

मन्त्री पौडेल युनेस्कोको ४१औँ महासभामा भाग लिन नोभेम्बर १० तारिखमा त्यहाँ गएका हुन्। उनी १८ तारिखमा स्वदेश फर्कने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.