धनगढी : अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
जिल्ला सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाशखोलानजिकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।
बस सडकभन्दा १० मिटर तल खसेको थियो। बसमा सवार अन्य ३६ जना घाइते भएको ट्राफिक कार्यालयले जनाएको छ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।