|

काठमाडौं:  नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्ना नाराहरु सार्वजनिक गरेको छ। पार्टीको घोषणा पत्र सार्वजनिक कार्यक्रम गर्न आयोजति कार्यक्रममा कांग्रेसले चुनावका लागि लोकप्रिय नाराहरु सार्वजनिक गरेको हो। 

यस्ता छन् कांग्रेसका नारा 

- “समुन्नत घर—गाउँ बी.पी. को विचार, कल्याणकारी राज्य समाजवादको आधार” यो सूत्र नै हाम्रो विकास नीतिको मार्गदर्शन र प्रेरणा हो। 

- गाउँ क्षेत्रमा वन तथा नगर वनको अवधारणालाई कार्यान्वयन गर्न एक घर—एक रुख, एक गाउँ—एक वन तथा एक नगर–अनेक उद्यान कार्यक्रमलाई लागू गरिनेछ। 

- लोकतन्त्रको आधार : स्थानीय सरकार स्थानीय सरकारको माध्यमबाट —  संस्थागत हुन्छ गणतन्त्र र संघीयता !
  सुनिश्चित हुन्छ समावेशिता !!
  प्रकट हुन्छ पहिचान र विविधतामा एकता !
  सुदृढ हुन्छ राष्ट्रियता !!

- रूख चिन्हमा मतदान गरौं ⁄
  नेपाली कांग्रेसलाई जिताऔं 

- स्थानीय सरकार : लोकतन्त्रको आधार 
मतदान गर्दा द्वेष होइन, मित्रता रोजौं !
समाजको विभाजन होइन, एकता रोजौं !!
अतिवाद होइन, समृद्धि र मध्यमार्ग रोजौं !
शान्ति, लोकतन्त्र र नेपाली कांग्रेस रोजौं !!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.