|

बुटवल : रुपन्देही प्रहरीले ८ केजी गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सैनामैना १० फुलबारीबाट ८ केजी गाँजासहित एकजना महिलालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सालझण्डीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका-१० फूलबारीकी स्थानीय ३० वर्षीया हिमाकली रेश्मीको घरमा खानतलासी गर्दा ८ केजीगाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित पक्राउ परेकी रेश्मीलाई आवश्यक अनुसन्धानपश्चात् रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.