|

काठमाडौं : बहुचर्चित सुडान घोटालासम्बन्धी मुद्दा दायर भएको पाँच वर्षपछि सर्वोच्च अदालतले आइतबार फैसला सुनाउँदैछ। नेपाल प्रहरीका ३ पूर्व महानिरीक्षकसहित २३ जना बाहालवाला तथा ११ जना अवकाशप्रपा्त प्रहरी र दुई ठेकेदार संलग्न रहेको भनिएको सुडान घोटाला मुद्दाको किनारा लगाउने मिति आइतबारलाई तोकिएको हो। 

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले सुडान घोटालाको मुद्दा फैसला गर्न लागेको हो। द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानमा कार्यरत नेपल प्रहरीका फर्म्ड पुलिस युनिट (एफपीयू) का लागि चाहिने आर्म्ड पर्सनल क्षारियर (एपीसी) खरिदमा करिब २९ करोड रुपैयाँ घोटाला भएको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते ३४ प्रहरी, २ ठेकेदार र बेलायती कम्पनी 'एस्योर्ड रिस्क' विरुद्ध मुद्दा दायर गरेको थियो। 

मुद्दा दायर भएको पाँच वर्षपछि फैसला हुनै लाग्दा त्यतिबेला बहालमा रहेका आरोपितमध्ये एआईजी मदनबहादुर खड्का, अर्जुन जंगबहादुर शाही, रमेशविक्रम शाह, डीआईजीहर श्यामबहादुर खड्का, एसएसपीहरु रविप्रताप राणा, शिव लामिछाने लगायत १२ जना भन्दा बढीले अवकाश पाइसकेका छन्। तत्कालीन सरकारले उक्त घोटालामा तत्कालीन प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी मुछिएसँगै बर्खास्त गरेको थियो। 

अख्तियारले २८ करोड ८१ लाख रुपैयाँ घोटाला भएको दावी सहित मुद्दा दायर गरेकोमा विशेष अदालतले एपीसी खरिदमा २८ करोड ४१ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.