|
फाइलफोटोः थाहाखबर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्न प्रमुख तीन दलका शीर्ष नेतालाई शीतलनिवास बोलाएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा छलफल गर्न राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएकी हुन्। 

सोमबार दिउसो साढे तीन बजे राष्ट्रपति भवन शीतलनिवासमा हुने छलफलमा नयाँ सरकार गठन र संविधान कार्यान्वयन विषयमा केन्द्रित रहेर छलफल हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

यसअघि राष्ट्रपति भण्डारीले बाधा अड्काउ आदेश जारी गर्नुपूर्व शीर्ष नेतासँग परामर्शसमेत लिने राससले लेखेको छ।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनु संविधानको धारा ३०५ बमोजिम अघि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बाधा अड्काउ फुकाउन सिफारिस गरेका थिए।

प्रधानमन्त्री ओलीले गरेको बाधा अड्काउको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बाधा अड्काउ फुकाउन आदेश जारी गर्नुपर्ने छ। राष्ट्रपतिले जारी गरेको त्यस्तो बाधा अड्काउलाई तत्काल बसेको व्यवस्थापिका–संसद समक्ष अनुमोदनका लागि पेश गर्नुपर्ने छ।

संसदले अनुमोदन गरेपछि मात्र ओली नेतृत्वको सरकारले पेश गरेको बाधा अड्काउको आदेश कार्यान्वयन हुने छ। रा

राष्ट्रपतिले ७ दिन भित्र राजनीतिक सहमतिका आधारमा सरकार गठनका लागि आव्हान गर्नेछिन्। त्यसमा सहमति नजुटे बहुमतीय प्रक्रियामा नयाँ सरकार गठन हुनेछ। 
Read more at: http://www.thahakhabar.com/news/1470

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.