|

काठमाडौं : गैरआवासीय नेपालीहरुले स्थानीय तह निर्वाचनमा आफूहरुलाई मताधिकारबाट बञ्चित गराइएको भन्दै 'नोट चल्ने, भोट नचल्ने' अभियान सुरु गरेका छन्। उनीहरुले चनावमा आफ्नो मतदान गर्न पाउने अधिकार नभएको भन्दै यो अभियान सुरु गरेका हुन्।

गैरआवासीय नेपाली संघ एनआरएनका उपाध्यक्ष भवन भट्टद्वारा जारी विज्ञप्तिमा आफूहरुले पठाएको रेमिट्यान्सबाट देश सहज रुपमा सञ्चालन भइरहे पनि सही नेतृत्व चुन्ने अवसरबाट आफूहरुलाई बञ्चित गराइन लागेको उल्लेख गरे।

राजनीतिक अस्थीरता भएको बेलामा आफूहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र तहसनहस हुनबाट जोगाएको भन्दै अझै पनि त्यो क्रम जारी रहेकाले 'नोट चल्ने, भोट नचल्ने' सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ।

अभियानका क्रममा सामाजिक सञ्जालमा बहस, राष्ट्रिय सञ्चार माध्यममा छलफल र विदेशमा रहेका नेपालीहरुबीच चर्चा गरेर भविश्यमा हुने निर्वाचनमा नेपालीहरुले विदेशबाटै मतदान कसरी गर्न सकिन्छ भन्ने सम्भावनमा पनि छलफल र अध्ययन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.