|

रुकुम (पूर्व) : वन डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरिएको छ। डिभिजन वन कार्यालय रुकुम पूर्वले डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरेको हो।

मंगलबार (आज) डिभिजन वन कार्यालय रुकुम पूर्वले जिल्लास्थित तीनवटै सुरक्षानिकायलाई डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरेको छ। आगलागीका घटना हुँदा त्यसको नियन्त्रण र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी अग्रपंक्तिमा खटिने हुँदा उनीहरूलाई डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरिएको निमित्त डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले बताए।

सुक्खायाममा डढेलोका घटना बढी जोखिम हुने भएकाले समुदायले आफ्नो वन आफैँ जोगाउनमा विशेष ध्यान दिनुपर्ने खड्काको भनाइ छ। 

मान्छे स्वयम् आफैँले ध्यान र सजग अपनाउन नसक्दा आगलागीका घटना हुने भएकाले सुक्खायाममा बढी सतर्कता अपनाउनुपर्ने जिल्लावासीलाई निमित्त डिभिजनल वन अधिकृत खड्काले अपिल गरेका छन्। 

डढेलो नियन्त्रणका लागि विभिन्न १२ प्रकारका सामग्री तीनवटै सुरक्षानिकायलाई हस्तान्तरण गरिएको छ। प्रति सुरक्षानिकायलाई रेकर ६ वटा, स्वाटर ९, जम्प सुट ९, ब्याकअप वाटर पम्प १, बेल्चा ३, लाइट ९, टुमलेट ९, जुत्ता ९, मोजा ९, ग्लोब्स ९, मास्क ९ र हेल्मेट ९ वटा हस्तान्तरण गरिएको छ। 

सामग्री हस्तान्तरण गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले आगलागीका घटना भएमा सम्बन्धित ठाउँबाट आगलागी नियन्त्रण र उद्धारमा तीनवटै सुरक्षानिकाय प्रतिबद्ध रहेको बताए।

घटना भइसकेपछि सतर्कता अपनाउनुभन्दा घटना नै हुन नदिनेमा स्थानीय बासिन्दाले ख्याल राख्नुपर्ने प्रमुख जिल्ला अधिकारी खड्काले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.