|

सप्तरी : हुलाकी सडकखण्डअन्तर्गत राजगढ गाउँपालिका–५ मलेकपुरमा गएराति दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका–३ का ३० वर्षीय पप्पु यादव, २६ वर्षीय सन्दीप यादव र बच्चु भनिने २५ वर्षका रञ्जित यादवको मृत्यु भएको हो।

प्रहरी उपरीक्षक अविनारायण काफ्लेका अनुसार सप्तरीको भारदहबाट पथरगाडातर्फ जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ठोक्किएका थिए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.