|

काठमाडौं : नेपाल र जिम्बावे 'ए'  बीच आज तय भएको पहिलो एकदिवसीय खेलमा वर्षा बाधक बनेको छ।लगातार वर्षाको कारण टियु मैदान कीर्तिपुरमा टस हुन नसक्दा निर्धारित ९:३० बाट सुरु हुनुपर्ने खेल अन्योलमा परेको छ।

टियु मैदानमा वर्षा अझै नरोकिएकाले खेल हुने सम्भावना कमजोर बनेको छ। आउटफिल्ड कभरले ढाकिएको छ। जिम्बावेका खेलाडी पेभेलिएनमा हुँदा नेपालका नेटमा अभ्यास गरेका छन्।

वर्षा रोकिएको खण्डमा पनि आउट फिल्ड पूरै भिजेकाले शनिबार खेल हुने सम्भावना कमजोर छ।नेपालसँग पानी सुकाउने आधुनिक प्रविधि नभएकाले खेल हुने सम्भावना कमजोर रहेको छ।

घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो। यो सिरिजको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएकाले यसलाई अभ्यास खेलका रूपमा मात्र हेरिएको छ। सिनियर टोलीबाट खेलि सकेका ८ खेलाडी सम्मिलित जिम्बावेको ए टोलीसँग नेपालको खेललाई प्रतिष्पर्धात्मक हुने आँकलन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.