|

उदयपुर : कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। 

कटारी इलाका प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ६८ वर्षीय गंगामाया खत्रीको मृत्यु भएको हो। घाँसको भारी बोकेर साँझ फर्किने क्रममा नजिकैको पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको हो।

कटारीस्थित विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुइँमा झारेका कारण खत्रीलाई करेन्ट लागेको बताए। 

शाखाले पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.