|

रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाको मतगणना सकिएको छ। जसमा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रको विजयी भएको छ भने उपाध्यक्षमा कांग्रेस-एमाले गठबन्धनले जितेको छ।

पालिका अध्यक्षमा माओवादी केन्द्रका कृष्ण रेग्मीले ३ हजार ७ सय ७९ मत लिइ निर्वाचित भएका छन्। रेग्मीले निकटतम प्रतिस्पर्धी कांग्रेस.एमाले गठबन्धन उम्मेदवार कांग्रेसका दत्तबहादुर बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले ३ हजार ७ सय प्राप्त गरेका छन्।

यसैगरी उपाध्यक्षमा कांग्रेस, एमालेका गठबन्धन उम्मेदवार एमालेका गोपाल रेउले निर्वाचित भएका छन्। रेउलेले ३ हजार ७ सय ६१ मत प्राप्त गर्दा रेउलेका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका आस्था बिकले ३ हजार ४ सय ७४ मत पाइन्।

८ वटा वडा रहेको यस गाउँपालिकामा ४ माओवादी, ३ एमाले र १ नेपाली कांग्रेसले जितेको छ।

निर्वाचित वडाध्यक्षहरू

सिस्ने १ मा माओवादी केन्द्रका रजबहादुर बुढा क्षेत्री, सिस्ने २ मा माओवादी केन्द्रका कृष्णबहादुर खड्का, सिस्ने ३ मा माओवादी केन्द्रका हेराम खड्का,  सिस्ने ४ मा एमालेका दलराज घर्ती मगर, सिस्ने ५ मा कांग्रेसका विरेन्द्र बस्नेत यसैगरी सिस्ने ६ मा एमालेका पूर्णबहादुर मल्ल,  सिस्ने ७ मा एमालेका सशिधर बुढा र सिस्ने ८ मा  माओवादी केन्द्रका गोपाल पुन निर्वाचित भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.