काठमाडौं : म्यादी प्रहरीको तलबभत्ता बैंकबाटै भुक्तान गर्न प्रहरी प्रधान कार्यालयले दिएको निर्देशन माताहतका निकायले अटेर गरेका छन्। प्रधान कार्यालयको निर्देशन अटेर गर्दै प्रहरीले तलब भत्ता भुक्तानीमा मनोमानी गरेको पाइएको छ। नगदमै तलब भत्ता भुक्तानी गर्दा विगतमा प्रहरी अधिकृतहरुले हिनामिना गरेको गुनासो आएपछि प्रधान कार्यालयले बैंकबाट मात्र भुक्तानी गर्न निर्देशन गरेको थियो।
राजधानीसहित ७ वटै प्रदेश अन्तर्गतका धेरैजसो जिल्लामा बैंक खाता नै नगदमै रकम भुक्तानी गरेको पाइएको छ। निर्वाचनमा म्यादी प्रहरीका लागि मात्र ३ अर्बभन्दा बढी रकम खर्च हुन्छ। वैशाख ३१ र जेठ ३१ का लागि निर्धारित निर्वाचनको सुरक्षाका लागि देशभर ७५ हजार म्यादी प्रहरी भर्ना भइसकेका छन्।
५५ दिनका लागि सम्बन्धित जिल्ल प्रहरी कार्यालय अन्तर्गत म्यादी प्रहरीहरु निर्वाचन सुरक्षामा खटिइसकेका छन्। उनीहरुका लागि पोसाक भत्ता ७ हजार १ सय र बाँकी तलब भत्ता तथा रासन सेना र प्रहरीसरहका जवानसरह उपलब्ध गराइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।