|

सर्लाही : सर्लाहीको कौडेना गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

प्रमुखमा ५ हजार २८१ मत सहित रुपेश कुमार विजयी भएका छन् भने उपप्रमुखमा नगिना देवी ३ हजार ७०५ मत ल्याएर विजयी भएकी छिन्।

मेयरमा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजनन्दन चौधरीले २ हजार ४४१ मत मात्रै पाए। त्यस्तै उपप्रमुखमा निकटतम प्रतिस्पर्धी जसपाकी पलवीदेवी यादवले २ हजार ३७२ मत प्राप्त गरिन्।

७ वडा रहेको कौडेना गाउँपालिकामा नेपाली कांग्रेसले ४, माओवादी, राप्रपा र जसपाले एकएक वडामा विजय प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.