सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विमर्श मोक्तान (प्रख्यात) विजयी भएका छन्। गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रका मोक्तान ५ हजार १९४ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
मोक्तानले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दलाल माझीलाई ४३४ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका छन्। पराजित नेकपा एमालेका गोविन्दलाल माझीले ४ हजार ७६० मत ल्याएका छन्। गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका बिमला माझी ५ हजार २८१ मत ल्याएर विजयी भएकी छिन्।
मरिण गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी परेको थिएन। मरिण गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी मन्जु माझीले ५०८ मत ल्याएकी छिन भने जनता समाजवादी पार्टीकी छलीमाया राना मगरले १०९ मत र मंगोल नेशनल अर्गनाईजेसनकी धनजरी माया बलले ७१ मत ल्याएकी छिन्। ७ वटा वडा रहेको मरिणमा माओवादी केन्द्रले एउटा वडा बाहेक ६ वटा वडामा विजयी हासिल गरेको छ।
माओवादी केन्द्रको विरासतको रुपमा रहेको मरिण गाउँपालिकामा यस पटक पार्टी भित्र देखिएको विवादका कारण वडा ४ मा नेकपा एमालेले जित हात पारेको छ। मरिण गाउँपालिका वडा १ मा नेकपा माओवादी केन्द्रका हिरा बहादुर गुर्मछान, वडा २ मा कमल बहादुर आले, वडा नं. ३ मा जीत बहादुर श्रेष्ठ, वडा नं. ५ मा दिपक माझी, वडा नं. ६ मा हर्क वीर माझी र वडा नं. ७ मा चन्द्र बहादुर थिङ प्यानल सहित वडा अध्यक्षमा विजयी भएका छन्।
मरिण गाउँपालिका वडा नं. ४ मा भने माओवादी केन्द्रका वडाअध्यक्ष गुण बहादुर बोम्जनलाई पराजित गर्दै नेकपा एमालेका जीत बहादुर काल्तान वडाअध्यक्षमा विजयी भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।