|

धनगढी : धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

शिखर नगरपालिका–१ गेरुपानी भन्ने स्थानमा शनिबार बिहान ना ५ ख ९६६३ नम्बरको बस दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रहरीका अनुसार बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको हो। दुर्घटनाको कारण र घाइतेको अवस्थाबारे पूर्ण विवरण आइनसकेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.