|

काठमाडौं : स्थानीय तहको पहिलो चरणमा हुने निर्वाचन नजिकीएसँगै राजधानीबाट मतदाता बाहिरिने क्रम पनि बढ्दै गएको छ। गतसातासम्म राजधानीबाट बाहिरिने र भित्रिने सवारीसाधनको संख्या बराबर जस्तै भए पनि त्यसपछिका दिनमा भित्रिनेभन्दा बाहिरिने सवारीसाधनको संख्या उच्च पाइएको छ। राजधानीमा बस्दै आएका विद्यार्थी तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यवसायीहरु निर्वाचनका लागि आफ्नै जन्मथलो जाने हुनाले उपत्यकाबाट बाहिरिनेको संख्या बढेको हो।

अधिकांश गाउँपालिका र नगरपालिकाका उम्मेदवारहरुले नै गाडी भाडामा लिएर मतदाता बोलाइरहेकाले पनि उपत्यकाबाट बाहिरिनेको संख्या बढेको हो। सरकारले विद्यालय तथा कलेज लामो समयसम्म छुट्टी दिएकाले पनि बाहिरिने क्रम बढेको बताइएको छ।

नियमित रुटका सवारीका साथै रिजर्भ सवारीसाधन लिएर जानेको संख्या पनि अत्यधिक छ। साना सार्वजनिक सवारी (सुमो, बोलेरो) जस्ता सवारी उम्मेदवारले नै लामो समयका लागि रिजर्भमा लिएको यातायात व्यवसायीहरुले जनाएका छन्।

‘निर्वाचनको माहोल सुरु भएसँगै साना सवारी निकै नै रिजर्भ भएका छन्।’ नेपाल यातायात व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष डोलनाथ खनालले भने,‘अन्य नियमित सवारीका रुटमा पनि सामान्य समयको तुलानामा यात्रुको चाप बढेको छ।’ निर्वाचन हुने जिल्लाहरुमा जाने सवारीमा यात्रुको संख्या करिब एक सातायता बढ्दै गइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.