|

काठमाडौं : पहिलो चरणको निर्वाचनअन्तर्गत ३४ जिल्लाका नागरिकहरुले उत्साहपूर्ण रुपमा भोट खसालेका छन्। मतदानको समय ५ बजे समाप्त भएपनि अझै धेरै मतदाताहरु लाइनमा छन्।

५ बजेअघि नै लाइनमा बसेकाहरुले मतदानको समय सकिएपछि लाइन नसकिएसम्म भोट खसाल्न पाउने निर्वाचन आयोगले जानकारी दिएको छ।

वृद्ध-वृद्धाहरु, अशक्त र दृष्टीविहीनहरुले पनि उत्साहपूर्वक मत खसाले। ककनी गाउँपालिका-८ की ११५ वर्षीया बाटुली लामिछानेले अरुणोदय मावि मतदान केन्द्रबाट मत खसालिन्। कास्की,गोरखा,नवलपरासी जिल्लामा पनि १ सय वर्षमाथिका मतदाताले मत खसाले।

अशक्तहरु कोही ह्विलचियर चढेर मतदान केन्द्र पुगे भने कसैले रिक्साको सहायता लिए।

हेर्नुस् फोटो :

मध्यपुर ठिमी नगरपालिकामा मत खसाल्दै जेष्ठ नागरिक 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.