|

काठमाडौँ : सिन्धुलीको सुनकोशी गाउँपालिका ६ शीतलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो।

सिरहाबाट भैँसी लोड गरी काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई बिहान सवा ५ बजेतिर सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.