|

काठमाडौं : मुलुकमा स्थानीय तहको रौनक छाएका बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट वञ्चित भएका छन्। पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११ प्रतिशत नेपाली नागरिक मताधिकारबाट वञ्चित हुने देखिएको छ।

आइतबारको निर्वाचनमा मात्रै ५.५ प्रतिशत नेपाली नागरिक स्थानीय तहको निर्वाचनमा मताधिकारबाट वञ्चित भएको अनुमान गरिएको छ। नेपालबाहिर हाल ४० लाखभन्दा बढी मताधिकारका लागि योग्य रहेको बताइन्छ।

वैदेशिक रोजगारीमा जाने सबै नेपालीको उमेर मताधिकारका लागि योग्य हुने भएकाले निर्वाचनमा यसको ठूलो महत्व हुने समाजशास्त्री तथा वैदेशिक रोजगारी विज्ञ डा. गणेश गुरुङ बताउन्छन्। ‘स्थानीय तहका दुवै निर्वाचनको हिसाब गर्ने हो भने ११ प्रतिशतभन्दा बढी नेपाली विदेश जानुपरेका कारण मताधिकारबाट वञ्चित हुनुपरेको देखिन्छ।’

गुरुङ भन्छन्, ‘देश निर्माणका लागि आवश्यक पर्ने श्रम तथा विकास बुझेका ४० लाखभन्दा बढी जनसंख्या नै निर्वाचनबाट वञ्चित हुनु अत्यन्तै दुखद कुरा हो।’   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.