|

काठमाडाैं : ​छ जना साहित्यिक स्रष्टाहरूलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको छ।

विगत अठ्तीस वर्षदेखि अविच्छिन्न मासिक साहित्यिक गोष्ठीको आयोजना गर्दै साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले स्रष्टाहरूलाई सम्मान गर्ने भएको हाे।

वि. सं. २०७८ सालमा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गर्न प्रा.डा.कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा प्राज्ञ सुलोचना मानन्धर र साहित्यकार देबु लुइँटेल सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको थियो। उक्त समितिको सिफारिसअनुसार २०७९ भदौ ४ गते शनिवार पुरस्कार प्रदान गरिने भएको हो।

अभियानले साहित्यकार रेखा सुवेदी, डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, निशा रोका मगर, नारायणप्रसाद भण्डारी र डा. फणीन्द्रराज निरौलालाई साहित्यका विभिन्न विधामा योगदान गरेवापत सम्मान गरिने साहित्यकार रमेश पोखरेलले जनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.