|

सुर्खेत डोल्पाको ठुलिभेरी नगरपाालिका–३ का २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन्।

ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको   बाढीपहिरोले   नन्नाकुमारी   विकको   एकतले कच्ची घरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ । धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतिलाल  रोकाया,  मानबहादुर  रोकायाको  घर  र  खेतबारी बगाएको छ ।

यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। उनका अनुसार २४ जनाको घर खेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी करिब एक करोड ५० लाख बराबरको क्षति भएको छ ।

भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ। यसअघि बनाइएका संरचना दिगो नहुँदा स्थानीय बासिन्दा मारमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.