|

काठमाडाैं: कवि नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा आएको छ। ८७ कविता संग्रहित पुस्तक नेपालय पब्लिकेसनले बजारमा ल्याएकाे हाे।

पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन्, 'कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु।'

भुटानी मूलका नेपाली-भाषी कवि प्राचीनका नीजात्मक शैलीका कवितालाई कवी नवराज पराजुली सुफि-शैलीका कविता भन्न रूचाँउछन्। पराजुली भन्छन्, 'सायद मेरो हृदयको अन्तर्ध्वनि थियो। उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ। सायद मेरो हृदयको अन्तर्झिल्का थियो। तर, कत्ति चाहेर पनि कतै पढ्न चाहिँ पाएको थिइनँ। आज कविताले नविनलाई चुन्दा, त्यो अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएको छ।'

'प्वाँख' कविता संग्रह हालसालै एउटा समारोह बीच अमेरिकाको न्यू योर्कमा विमोचन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.