|

काठमाडौं : हेर्नुस् न सबै महानगरपालिकाको आफ्नै भवन छ। हाम्रो त भवन पनि छैन। नयाँ आएका प्रमुख र उपप्रमुखलाई कहाँ राख्ने कुनै निश्चित छैन। विजयी भएर आउनासाथ उहाँसँग सल्लाह गर्छौं अनि भवन बनाउने वा भएकै स्थानमा 'एडजस्ट' गरेर बस्ने निर्क्योल गर्नेछौं’, काठमाडौं महानगरपालिकाको पुरानो कार्यालय देखाउँदै कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘नयाँ प्रमुख र उपप्रमुखलाई कहाँ राख्ने भन्ने समस्या परेको छ।

सरकारबाट भोगाधिकार लिएर बस्दै आएको बागदरबार क्षतिग्रस्त भएपछि काठमाडौं महानगरपालिका अहिले भाडाको घरमा बस्दै आएको छ।साँघुरो भवनमा जसोतसो बस्दै आएका कर्मचारीलाई कसरी मिलान गर्ने भन्ने विषयमा समस्या परेको पौडेलले बताए।

‘देशका चार महानगरपालिकामध्ये पहिलो महानगरपालिकाको आफ्नै भवन छैन। पोखरा, भरतपुर र ललितपुर महानगरपालिकाको आफ्नै भवन छन्। तीन महानगरपालिकाको आफ्नै भवन भएकाले समस्या छैन, हामीलाई अति नै समस्या परेको छ’, पौडेलले भने, ‘नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई स्वागत गरेसँगै भवन व्यवस्थापनका लागि छलफल गर्नेछौं।’

कामपाको टोलीले सोमबार बागदरबार परिसरमा पिलर उठाएको स्थानमा नयाँ भवन बनाउने तयारी गरेको छ। कार्यकारी अधिकृत पौडेल, भौतिक विकास विभागका प्रमुख डा.उत्तरकुमार रेग्मीलगायतको टोलीले नयाँ भवन बनाउने स्थानको अवलोकन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.