|

रूपन्देही : जिल्लामा डेंगुको संक्रमण बढेको छ। गतवर्षको तुलनामा यो वर्ष डेंगुका बिरामी धेरै देखिएका छन्। 

आर्थिक वर्ष २०७८\७९ मा दुई सय ६९ डेंगुका बिरामी भेटिएका थिए। गत आवमा ४६ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

जिल्लामा २०६७ देखि डेंगुको समस्या देखिएको हो। २०६७\६८ मा २९० जनामा डेंगुको संक्रमण देखिएको थियो। आव २०७६\७७ मा यो सङ्ख्या बढेर दुई हजार ९३० पुगेको थियो। 

 यो सङ्ख्या गत वर्ष घटेर ४६ मा झरेको थियो। अहिले पुनःबढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको शाह बताउँछन्।

डेंगुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने उले बताए। संक्रमण बढ्दै गए पनि फेयरमेट फाउन्डेसन नेपाल र इन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा डेंगुको अवस्थाबारे जानकारी गराउँदै शाहले समयमै नियन्त्रण नगरे यसले महामारीको रूप लिनसक्ने बताए। 

‘खोप छैन, त्यसैले जोखिम छ। घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ। लामखुट्टेको टोकाइबाट बच्नुपर्छ’, उनले भने। डेंगुको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकले अभियान सुरु गरेको छ। उपमहानगरका सबै वडामा डेंगु नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताए।

अभियानअन्तर्गत समूह समूहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ वितरणको काम हुने उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.