|

काठमाडौं : सरकारले पहिलोपटक ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रम समावेश नहुने भएको छन्। स्थानीय तहको दुई निर्वाचनको बीचमा बजेट ल्याउनु पर्ने बाध्यताको कारण आगामी बजेट पुरानै ढाचामा ल्याउने तयारी भएको हो।

संघीय ढाचामा बजेट निर्माण भइरहेको र त्यसमा नयाँ कार्यक्रम समावेश नगरी पुरानै शैलीमा बजेट ल्याउने उपप्धान मन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

'चुनावको बीचमा ल्याउन विवाद उत्पन्न हुनसक्छ त्यसलाई मध्यनजर गरेर स्थानीय तहमा जाने बजेट ब्लकमै राख्‍ने सहमति भएको छ' महराले भने। महाराले कारोबारसँग भने। संवैधानि व्यावस्थाअनुसार आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा आउदै छ। 'पुरानै कार्यक्रमलाई निरन्तरता दिएर बजेट आउने छ' महराले भने 'स्थानीय तहमा जाने बजेट एक मुस्ट रहने छ। बजेटको ढाचाँ संघीय भएकोले नयाँ कार्यक्रमहरु भने समावेश नहुने अर्थमन्त्रीले स्पष्ट पारे। यद्यपी कति प्रतिशत बजेट स्थानीय तहमा पठाउने भन्ने विषयमा अन्तिम टुङगो लागि सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.