|

रूपन्देही : तिलोत्तमामा सवारी दुर्घटना हुँदा दिदीभाइको मृत्यु भएको छ।

ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार तिलोत्तमा–३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ सात वर्षीय सुग्रीमको मृत्यु भएको हो।
    
आइतबार साँझ तिलोत्तमा नगरपालिका–६ गोरकटास्थित भित्री सडकमा लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा उनीहरूको भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा चार घाइते भएका छन्। उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.