|

रुकुम: स्थानीय तहको पहलो चरणको निर्वाचन अन्तर्गत ६ नम्वर प्रदेशका रुकुमाका सबै स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। तीनवटा नगरपालिका र तीनवटा गाउँपालीकाको अन्तिम परिणाम आउदासम्म सबै तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

त्यस्तै छ तहमा गरी ७३ वटा वडा रहेकोमा ५८ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। रहेका १५ वटा मध्ये १३ वटामा कांग्रेस उम्मेदवार र २ वटामा एमाले उम्मेदवार विजयी भएका छन्।

को को थिए माओवादी उम्मेदवार, कति ल्याए मत?

आठबीस नगरपालिका प्रमुखमा विजयी भएका गोर्खबहादुर केसीले ५६ सय २९ मत ल्याएका छन्। सोही नगरपालिका उपप्रमुखमा गीता नेपालीले ५६ सय १८ मत ल्याएकी छन्।

मुसीको नगरपालिका प्रमुखमा विजयी भएका देवीलला गौतमले ४३ सय ५० मत ल्याएका छन्। सोहो नगरपालिका उपप्रुमखमा विजयी प्रेमकुमारी सुनार केसीले ४४ सय ६९ मत प्राप्त गरेकी छन्।

चौरीजहारी नगरपालीका चौरीजहारी नगरपालिका प्रमुखमा विजयी विशाल शर्माले ५४ सय २० र उपप्रमुखमा विजयी राधा रोकाले ५३ सय २५ मत ल्याएका छन्।सानीभेरी गाउँपालिका अध्यक्षमा विजयी नरबहादुर पनले ४६ सय ५० र उपाध्यक्षमा विजयी इन्दीरा वलीले ४६ सय ६१ मत ल्याएकी छन्।बाफिकोट गाउँपालिका अध्यक्षमा विजयी धर्मबहादुर केसीले ३५ सय ६४ मत र उपाध्यक्षमा विजयी मनकला पुनले ३५ सय ७९ मत ल्याएका छन्।त्यस्तै त्रिवेणी गाउँपालिका अध्यक्षमा विजयी झक्कुप्रसाद घर्ती मगर ३९ सय ५८ र उपाध्यक्षमा विजयी निर्मला विष्ट खड्काले ३९ सय ८० मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.