|
प्रतीकात्मक तस्विर

सुर्खेत : सडक पहुँच नभएको हुम्लालगायत हिमाली जिल्लालाई हवाइ मार्गले नै जोड्दै आएको छ। तर  हवाइ मार्गमार्फत यात्रा गर्न सर्वसाधारणका लागि फलामको चिउरा चपाएसरह छ। एकातिर उडान अत्यन्त न्यून छ भने अर्कातिर भाडा सर्वसाधारणले तिर्नै नसक्ने।

कर्णालीका लागि न भरपर्दो हवाइ सेवा छ, न त सुरक्षित सडक यात्रा नै। दशैँ–तिहार जस्ता चाडमा पनि ज्यानको बाजी लगाएर आवतजावत गर्नुपर्ने बाध्यता छ सडक यातायातको सहज पहुँच नभएको डोल्पाका अधिकांश यात्रुहरुले हवाइ माध्यम नै प्रयोग गर्दै आएका छन्। कर्णालीमा हवाइ भाडा अत्यन्त महँगो छ। 

जुम्ला, मुगु र हुम्लामा समेत हवाइ यातायातको उस्तै समस्या छ। कर्णालीमा उडान भर्दै आएका निजी प्रदायक कम्पनीका हवाइ जहाजले पूर्व तीर उडान भरेपछि यता समस्या परेको हो। डोल्पाा ठुलीभेरी नगरपालिकाकी भीमा केसीले कर्णालीमा हवाइ जहाज उडान भर्नका लागि सरकारले ध्यान दिनुपर्ने बताउँछिन्।

 लामो समय पछि नेपाल वायु सेवा निगमको जहाजले डोल्पामा बुधबार एक पटक मात्र उडान भर्न लागेको छ। आज डोल्पा उडान भरेर काठमाडौँ उडान गर्ने तयारी रहेको छ। कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन्। चाडबाडका वेला जहाज नै उपलब्ध नहुँदा यात्रुलाई सास्ती हुने गरेको छ।

नेपाल एयरलाइन्सले पनि नियमित तालिका अनुसार उडान नगरिदिँदा यात्रुहरूले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ। जुम्ला सडक यातायातको पहुँचमा रहे पनि कर्णाली राजमार्ग स्तरोन्नतिको अभाव तथा बाटोको नाजुक अवस्थाले हवाइ यातायातकै बढी प्रयोग हुने गरेको छ।  हरेक चाडबाडका वेला र पर्यटक आउने सिजनमा नेपाल एयरलाइन्सले पनि नियमित सेवा दिएको छैन।

विशेषगरी निजी हवाइ कम्पनीका जहाज पनि दशैँ तथा तिहारका बेला जुम्लामा उडान गर्दैनन्। जहाजहरू पर्यटक ओसार्ने भन्दै पूर्वतिर सारेपछि कर्णालीका जनता सेवाबाट वञ्चित भएका हुन्। हप्ता दिन अघि मात्र जुम्ला स्थित जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडानका लागि पहल गर्न माग गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.