|

काठमाडौं : सत्ता गठबन्धनसँग सिटको अन्तिम टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता बालुवाटार पुगेका छन्।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा समान सिट बाँडफाँड नभएको भन्दै गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको हो । 

जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २५ सिटको वरीपरि पाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको थियो।

लोसपालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ सिट दिने आश्वासन दिएको स्रोतले जनाएको छ। 

शनिबार बिहान ८ बजे बस्ने भनिए पनि अहिलेसम्म बैठक सुरु नभएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.