|

सोलुखुम्बु : शरद ऋतुमा सगरमाथा आरोहण गर्न ५ जना पर्वतारोहीले अनुमति लिएका छन्।

सगरमाथा आरोहणका लागि एउटा समूहका ५ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। बढी हिउँ पर्ने भएकाले शरदमा सगरमाथा आरोहणका लागि उपयुक्त सिजन मानिँदैन।

विभागले शरद ऋतुमा देशका ४१ हिमाल आरोहण गर्न विभिन्न ७७ देशका १ हजार २३८ आरोहीलाई अनुमति दिएको छ। तीमध्ये अधिकांश पर्वतारोही गोरखास्थित मनास्लु हिमाल आरोहणका लागि जाँदै छन्।

कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति लिइसकेका छन्। दोस्रोमा आमादब्लम हिमाल रहेको छ। यस हिमालका लागि २६ टोलीका ३३६ जनाले अनुमति लिएको विभागले जनाएको छ। ​हिमलुङ हिमाल आरोहणका लागि १५६ जना पर्वतारोहीले अनुमति लिएका छन्। 

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सबैभन्दा थोरै अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन्। अमेरिकाका ११५ जना, फ्रान्सका १०८ जना, बेलायतका १०३ जना, जर्मनीका ७७ जना र स्पेनका ७५ जना आरोहीले आरोहणको अनुमति लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.