|

काठमाडौं :  भर्खरै तिहार पर्व सकिएसँगै किसानहरूलाई धान काट्ने र भित्र्याउने चटारो सुरु भएको छ। कात्तिक मंसिर महिना समय र सिजनका हिसाबले पनि खेती उठाउने तथा लगाउने समय भएकाले किसानहरूलाई कामको धमाधम हुने गर्छ।

यतिबेला काठमाडौँको दक्षिण पश्चिममा पर्ने सांस्कृतिक नगरी कीर्तिपुर क्षेत्रमा धान सुकाउने काममा किसानहरू व्यस्त छन्।

तिहारअघि नै धान काटिसकेका किसानहरूले धान सुकाउँदै सुकेका धान थन्क्याउन लागेका छन्। सहरीकरणसँगै किसान पेसा सङ्कटमा परेको स्थानीय बताउँछन्।

बचेको जग्गामा लगाइएका धान सुकाउन पनि अहिले नयाँ बनेका अग्ला घरका कारण सुकाउन समस्या पर्ने उनीहरूको गुनासो सुनिन्छ।

अहिले देशका विभिन्न स्थानहरूमा कतै धान काट्ने त कतै धान थन्क्याउने कामको चटारो सुरु भइसकेको छ।

गोरखापत्रको सहयोगमा केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.