|

सल्यान : दशै तिहार जस्ता ठूला चाड सकिएसँगै जिल्लाका किसानलाई पहेँलपुर भएर पाकेको धान भित्र्याउन चटारो छ। किसानलाई धान कुट्न, दाइँ गर्न, पराल बोक्न, खनजोत गर्न भ्याइनभ्याई छ।

असोजको तेस्रो साता अविरल परेको पानीले केही क्षति पुगेपछि आत्तिएका किसान झिसमिसेमै भालेको डाकसँगै खेतबारी पुगेर जुनेली रात नपर्दासम्म घर फर्किन फूर्सद पाएका छैनन्।

जिल्लाका विशेषगरी, शारदा नदी किनार, मर्मखोला, बनगाड खोला, रेशम जिउला, गरि जिउला लगायतका खेतबारीमा किसान धान भित्र्याउने चटारोमा दिनभर व्यस्त भएका छन्।

किसान खेतबारीमै व्यस्त भएपछि मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका नेताहरू पनि मतदाता रिझाउन खेतबारीमै पुगीरहेका छन्।

सल्यानमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानको तथ्यांकमा उल्लेख छ। यहाँ वार्षिक २९ हजार ३ सय ७२ मेट्रिक टन धान उत्पादन हुँदै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.