|

सुर्खेत : हिमपातका कारण हुम्लाका नाम्खा गाउँपालिका–६ लिमीका  तीन  गाउँमा  निर्वाचनसम्बन्धी कुनै गतिविधि हुन सकेका छैन। 

बाक्लो हिमपातले  गर्दा लिमी जाने  दुुईवटा नाका बन्द भएकाले  प्रत्यासी उम्मेदवार  र  राजनीतिक दलका नेताहरू लिमी पुुग्न नपाएका हुन्। दुईवटै नाका चार हजार ६०० मिटर  अग्लो  नारा लेक र  पाँच हजार  मिटरको न्यालु लेकमा  चारदेखि पाँच फिट हिउँ जमेको हो।

लिमी हल्जी गाउँका स्थानीय  खेन्डाप तामाङले  हालसम्म लिमीका तीन गाउँमा कुनै पनि निर्वाचनसम्बन्धी गतिविधि नभएको बताए। आयोगबाट  हुने  मतदाता शिक्षा  कार्यक्रम र दलहरूको प्रचार–प्रसारका कार्यक्रम हुन नसकेको हो।  

उम्मेदवार भोट माग्न नआएपछि लिमीका मतदाताले आफ्ना  गुनासा र माग राख्न नपाएरै मत  दिनुपर्ने  अवस्था रहेको तामाङले बताए। ‘२०७४ सालको  प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन र  गत स्थानीय निर्वाचनमा धेरै टोली चुनावी प्रचारका लागि लिमी पुगेका थिए’, उनले भने,  ‘यो पटक भने भने  कोही जान सकेका छैनन्।’

स्थानीय सुनदोर्जी तामाङले प्रकृतिले  पनि लिमीलाई अन्याय गरेको  बताए।  लिमीमा तीनवटा मतदान  केन्द्र  छन्।  ५४१ मतदाता छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.