|

रूपन्देही : मोटरसाइकल दुर्घटनामा पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ। 

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स  (सिमेन्ट घोल्ने सवारी) ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए। ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.