|

धनगढी : डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको जोरायल गाउँपालिका ३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टका अनुसार उनी जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएका हुन्। भारतको सिमलामा काम गर्दै आएका उनी संसदीय निर्वाचनमा मतदान गर्न घर फर्किरहेका थिए।

उनको साथमा झोलासहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोतल पनि  भेटिएको छ। अत्यधिक मदिरा सेवनका कारण राति नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.