|

बारा : निर्वाचन आयोगको त्रुटिका कारण बाराका धेरै मतदाता मतदानबाट बञ्चित भएका छन्। जितपुर सिमरा उपमहानगरपालिका-७ को मात्रै ३५ जनाले स्थानीय निर्वाचनमा मत दिएको मतदाता परिचय पत्रका आधारमा भोटर लिस्टमा नाम नभेटेपछि मतदान दिन नपाएको विटु कुमार गुप्ताले बताए।

आफ्नो वडाका ३ वटै वुथमा खोज्दा पनि नाम नभेटेपछि निराश बनेर सलिना खातुन घर फर्किएकी थिइन्। ‘मत दिएर नागरिकको दायित्व पूरा गर्ने समयमा अनागरिक भएको महसुस गरे,’ नुर महमद मियाँले भनिन्।

यसबारे सोध्दा जिल्ला  निर्वाचन अधिकृत सरोज चौधरीले कतै त भेटिनुपर्ने हो भन्दै नेटमा सर्च गर्न लगाउनु भनि गैर जिम्मेवारी पूर्ण जवाफ दिएर पन्छिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.